बाँकेमा मंगलवार २५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २४ श्रावण २०७९, मंगलवार १४:०३
 

नेपालगञ्ज : बाँकेमा मंगलवार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २१ जना छन् । ४ जना बाहिरी जिल्लाका हुन् ।

भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा १७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना, खजुरा गाउँपालिकामा ४ र जमुनाहा नाकामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । मंगलवार ७ जना निको भएका छन् ।


बाँकेमा कोरोना संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । यस्तै २० हजार १६ जना निको भइसकेका छन् । अहिले बाँकेमा ६५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागु

२४ श्रावण २०७९, मंगलवार १४:०३
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम ‘हाम्रो राप्तीसोनारी’ तयार पारेर यसै शैक्षिक सत्रदेखि लागू गरेको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइसकेको छ । ‘हाम्रो राप्तीसोनारी’ पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा लागू गरिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले […]