२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा बालबालिकालाई खोपको दोस्रो मात्रा लगाउन शुरु



नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गरिएको छ ।

गएको असार ९ गतेबाट १२ गतेसम्म खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा ७६ हजार बढी बालबालिकालाई खोपको दोस्रोमात्रा लगाइने स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज, जानकी, बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुरमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ । खजुरा र कोहलपुर नगरपालिकामा भने अर्को चरणमा खोप लगाइने छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मंगलबार
ताजा समाचार