श्रेष्ठले भेरीका चिकित्सकहरुको मानमर्दन गरेको आरोप

सदरलाइन संवाददाता २५ असार २०७९, शनिबार १५:१८
 

नेपालगञ्ज : भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले आफ्नो पदीय क्षेत्राधिकार भन्दा बाहिर गएर अस्पतालका बरिष्ठ चिकित्सकहरुको मानमर्दन गरेको भन्दै नेपाल चिकित्सक संघले भत्र्सना गरेको छ ।

संघका सचिव डा.दिनेश कुमार चौधरीद्धारा आज जारी विज्ञप्तीमा सदस्य श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत् संघका आजिवन सदस्यसमेत रहेका भेरी अस्पतालका बरिष्ठ सर्जन डा. सुरेश कुमार नागलगायत बरिष्ठ चिकित्सकहरु समेतको सामाजिक मानमर्दन हुने र मानसिक यातना दिएको भन्दै भत्र्सना गरिएको हो ।

अस्पताल विकास समितिको सदस्य जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट आफ्नै अस्पतालका बरिष्ठ चिकित्सकहरुको मानमर्दन हुने गरी सामाजिक संजालमार्फत बदनाम गर्नु अशोभनीय र आपत्तीजनक विषय भएको विज्ञप्तीमा भनिएको छ ।


संघको विशेष साधरणसभाको बैठकपछि जारी विज्ञप्तीमा सामाजिक संजालको गलत प्रयोग गरी समग्र चिकित्सकहरुको मानमदर्नन हुने कार्य गरेमा कानुनी उपचार खोज्न संघ बाध्य हुने चेतावनी समेत दिइएको छ ।

श्रेष्ठले केही दिन अघि आफ्नो सामाजिक संजाल फेसबुकमा डा. नागसहितका बरिष्ठ चिकित्सकहरुले अस्पताल विकास समितिलाई नटेरेको, अस्पतालको डियुटीमा नआएर आफ्नो नीजि अस्पतालमा बस्ने गरेको र जस्का कारण विरामीले दुःख पाएको आशयसहितको स्टाट्स लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनुसन्धानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२५ असार २०७९, शनिबार १५:१८
कोहलपुर (बाँके) : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँकेका शिक्षाशास्त्र संकाय र अनुसन्धान व्यवस्थापन इकाइको आयोजनामा एक दिने अनुसन्धान लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । त्रिवि शिक्षाशास्त्र संकाय स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई अनुसन्धान प्रस्ताव र अनुसन्धान प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिइएको थियो । व्यवस्थापनमा प्राध्यापनरत प्राध्यापकहरुलाई बिहानी सत्रमा […]