गर्मी बढेसँगै नेपालगञ्जका अस्पतालमा विरामी बढे

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १६:५९
 

नेपालगञ्ज : गर्मी बढेसंगै नेपालगञ्जका अस्पतालहरुमा पनि विरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज, रामजानकी, वेष्र्टन लगायतका अस्पतालमा विरामी मौषमी विरामी देखा परेका छन् ।

गर्मीसँगै ज्वरो, झाडा पखाला, टाउको र पेट दृख्ने, रिगटा लाग्ने, वान्ता आउने लगायतका विरामी आउन थालेका छन् । अस्पतालमा उपचारमा आउने विरामीको संख्या समेत वृद्धि भएको छ ।


त्यस्तै मौसम परिवर्तनसंगै रुघाखोकी तथा ज्वरोका विरामीहरु अस्पतालमा धेरे आउने गरेको भेरी अस्पतालले जनाएको छ । अस्पतालमा छाला, एलजी, रुघाखोकी र ज्वरोका विरामीहरु बढेको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुले गर्मीयाममा जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा पानी पिउन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो

२१ जेष्ठ २०७९, शनिबार १६:५९
नेपालगञ्ज : अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शनिवार मनाइएको छ । उत्पीडित जातीय मुक्ति समाज बाँकेले शहीद सेतु विक चोकमा कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । दिवसमा आयोजित बोल्ने वक्ताहरुले जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना […]