लागूऔषधसहित सुर्खेतमा तीन जना पक्राउ

सदरलाइन संवाददाता १ बैशाख २०७९, बिहीबार १७:३५
 

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने काँक्रेविहार क्षेत्रबाट विभिन्न समयमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरीक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–९ को फुलबारी टोल स्थित फुटबल ग्राउण्डमा शंकास्पद रुपमा हिडिँरहेको अवस्थामा पक्राउ परेका छन् ।

बुधबार बेलुका वीरेन्द्रनगर नगरपालिका–३ का २० वर्षीय नरबहादुर बुढा, वीरेन्द्रनगर–९ का १९ वर्षीय सुरेन्द्र बुढालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनिहरुको शरिरमा खानतलासी नरबहादुर बुढाको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो रङगको धुलो पदार्थ शुद्व ९.७७० ग्राम र सात हजर चारसय ६० नगद रुपैयाँ समेत बरामद गरेको छ ।


यस्तै, प्रहरीले बुधबार बिहान ११ः१५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–९ काँक्रेविहारबाट बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–३० राँझाका २० वर्षीय इस्नोप रावत पक्राउ परेका छन् ।

रावतलाई काँक्रेविहारमा रहेको फुटबल ग्राउण्डमा लागूऔषध सेवन गरिरहेको गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी बिट लाटिकोईलीबाट खटिएको तीन जनाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रावतको शरिर खानतलासी गर्दा उनले लगाएको सेतो हाफ पाईन्टमा पलाष्टिक भित्र लुकाएर राखेको १ पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो । हाल लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा आफ्नै पेटमा हतियार प्रहार गरी घाइते

१ बैशाख २०७९, बिहीबार १७:३५
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरमा २० वर्षीय एक युवकले आफ्नै पेटमा हतियार प्रहार गरेका छन् । प्रहरीका अनुसार जाजरकोट घर भई वीरेन्द्रनगरमा बस्दै आएका २० वर्षीय युवकले धारिलो हतियार प्रहार गरि घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति १० बजे जाजरकोट छेडागाड नगरपालिका–१० का २० वर्षीय चन्द्रबहादुर […]