नेपालगञ्ज : वीरेन्द्रनगर नगरपालिका–१० कुन्टीटोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ६ जना पक्राउ परेका छन ।
पक्राऊ पर्नेमा, बराहताल गाउँपालिका–२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर,अशोक थापा, करण रोकाया, सुजन चौधरी, शंकर अधिकारी, रमेश शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लाटिकोईली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।