कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले करिव अढाई लाख बराबरको बेवारिसे कपडा फेला पारेको छ । प्रहरीले दिएको जानकारी अनुसार २ लाख ४० हजार रकम बराबरको बेवारिसे कपडा फेला पारेको हो ।
ईलाकाबाट खटिएको टोलिले कोहलपुर नगरपालिका वार्डन–११ बसपार्क नजिक पुर्बपस्चिम राजमार्गमा सो कपाडा फेला परेको इलाका प्रहरी कार्यालयका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले बताए ।
बरामद गरिएको कपडा प्रहरीको नियन्त्रणमा रहेकाछ । प्रहरीले बरामद गरेको कपडामा लेडिज सुट १ सय २० र सुट पाइन्ट ३४ थान रहेका छन ।