मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

सदरलाइन संवाददाता २५ चैत्र २०७८, शुक्रबार १५:५१
 

नेपालगञ्ज : कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन् ।


दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् । दुर्घटनामा मोटरसाकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार भक्तिपूर्वक चैते दसैं मनाईंदै

२५ चैत्र २०७८, शुक्रबार १५:५१
नेपालगञ्ज : शनिवार चैते दसैं मनाईंदैछ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर, यो समयमा […]