२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

जीप दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु



नेपालगञ्ज : जीप दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगर तर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जीप मंगलवार बिहान ६ बजे दुर्घटना भएको हो ।

जीप शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

उक्त जिप दुर्घटनामा १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । मृतक पुरुष जीपका सहचालक हुन् ।

प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार
ताजा समाचार