कञ्चनपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

सदरलाइन संवाददाता २१ चैत्र २०७८, सोमबार १३:१२
 

नेपालगञ्ज : कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट मन्जु बुडालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो ।


ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार चालकको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक चक्र शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २३ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

२१ चैत्र २०७८, सोमबार १३:१२
नेपालगञ्ज : बाँकेमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । बाँकेमा यही २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ । स्वास्थ्य कार्यालय बाँकेले सोमवार नेपालगञ्जमा जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीलाई आयोजना गरेको अभिमुखिकरणमा एक लाख १५ हजार […]