टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १५ चैत्र २०७८, मंगलवार १२:५८
 

नेपालगञ्ज : बाँकेको राँझा चोकमा टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

मंगलवार बिहान साढे ८ बजे नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको भे १ क ६५७ नम्बरको टिपरले नेपालगन्ज २० स्थित राँझा चोकमा ठक्कर दिँदा हुम्लाका बिरबले भण्डारीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उनलाई बाटो काट्ने क्रमका टिपरले ठक्कर दिएको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ५५ बर्षीय मृतक भण्डारी हुम्ला घर भई हाल नेपालगञ्ज २० मा बस्दै अएका थिए ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ड्युटीमा रहेका प्रहरी जवान मृत भेटिए

१५ चैत्र २०७८, मंगलवार १२:५८
नेपालगञ्ज : सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् । सोमवार राती १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव […]