२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

दाङमा १ ग्राम ५१० मिलिग्राम लागु औषधसहित तीनजना पक्राउ



दाङ : दाङमा लागूऔषध १ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १५ काठेकोलका विक्रम चौधरी, वडा नं १७ सुशिल विश्वकर्मा र वडा नं-१४ का शुसिल एरी रहेका छन् ।

घोराही उपमहानगरपालिका-१५ स्थित पार्वती रेष्टुरेन्ट नास्ता पसलबाट १ ग्राम ५१० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

लागू औषध कारोवार भइरहेको सूचना आधारमा रातो प्लाष्टिकको पोका भित्र १६ वटा पुडिया बनाइ राखेर अवस्थामा लागु औषध बरामद गरिएको रिजालले बताए । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ चैत १० गते बिहीबार
ताजा समाचार