सांसद बानियाँलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

सदरलाइन संवाददाता १८ फाल्गुन २०७८, बुधबार १७:३९
 

नेपालगञ्ज : जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो।


शिवरात्रीको बिदाका कारण पूर्व-मन्त्री समेत रहेका बानियाँलाई बुधबार मात्रै अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए। बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्।

ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार थिए। फरार रहेका बानियाँलाई प्रहरीले सोमबार बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङको लमही–कुईरेपानी सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

१८ फाल्गुन २०७८, बुधबार १७:३९
दाङ : दाङको लमही–कुईरेपानी सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङले सूचना जारी गर्दै सो सडकखण्ड मर्मत गर्नुपर्ने भएकाले फागुन २२ गते देखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ । कार्यालयका अनुसार बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिने भएको […]