बैंक लुट्ने प्रयास गर्ने बिक प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार १९:११
 

नेपालगञ्ज :  नेपालगञ्जमा शुक्रबार बिहान बैंक लुट्ने प्रयास गर्दै तोडफोड गरेर भागेका युवकलाई बाँके प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले टिकापुर–९, कैलालीका २६ बर्षिय सन्जु बिकलाई बैंक तोडफोड गरेको आरोपमा शुक्रवार नेपालगञ्जबाट नियन्त्रणमा लिएको जनाएको छ ।


बिकले शुक्रबार विहान करिब ५ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय बाणिज्य बैंक भित्र प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात च्यात्नुका साथै दराज तोडफोड गरी भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

उनले खुकुरीसहित पक्राउ परेका बिकका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको जनाए । केही दिन अघिमात्र डकैती गर्दै आएका भारतीय लुटेराहरुलाई हतियार सहित नियन्त्रणमा लिएको थियो । उनीहरुले खजुरामा सुन व्यवसायीको घरमा बन्धक बनाई लुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकार एलायन्समा गौतम

६ फाल्गुन २०७८, शुक्रबार १९:११
नेपालगञ्ज : मानव अधिकार एलायन्स बाँकेमा बसन्त गौतमको अध्यक्षतामा नयाँँ कार्यसमिति चयन भएको छ । शुक्रबार नेपालगञ्जमा भएको एलायन्सको जिल्ला सम्मेलनले १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा ललिता चौधरी थारु, सचीवमा राम शुहाबन सोनकर, सह सचिवमा घनश्याम आचार्य र कोषाध्यक्ष शोभना मिश्रालाई चयन गरेको […]