२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

डुडुवामा अवैध काठ बरामद



नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ ।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा उक्त काठ फेला पारेको थियो ।

प्रहरीले बरामद गरेको काठ हजरात सामुदायिक वनका पदाधिकारीलाई बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मंगलबार
ताजा समाचार