अपहरणपछि हत्या गरेको आरोपमा बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २२ माघ २०७८, शनिबार १४:२८
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगञ्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाई हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले झन्डै एघार वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरिएको जानकारी दिए ।

२०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पु¥याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धक बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए ।


तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको अधिकारीले बताए ।

उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो ।

हत्यामा संलग्नमध्ये दुई जना जेल मुक्त भइसकेका छन् । पक्राउ परेका शौभाग्य मल्लको मुद्दा भने मुलतवीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्काभेटरमाथि आगजनी गर्नेलाई कारवाहीको दायरामा ल्याउन क्षेत्र नं. १ काँग्रेस क्षेत्रीय समितिको चेतावनी

२२ माघ २०७८, शनिबार १४:२८
कोहलपुर (बाँके) : नेपाली काँग्रेस क्षेत्र नं. १ क्षेत्रीय समितिले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगरको लामाचौरमा राखिएको स्काभेटर आगजनीको घटनाप्रति घोर आपत्ति प्रकट गरेको छ । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एबम् नेपाल तरुण दल कोहलपुरका उपाध्यक्ष गौरव रावलको स्काभेटरमा आगजनी गरिएको घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नं. १ […]