२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

२२ किलो चरेश र मोटरसाइकल बरामद



कञ्चनपुरमा प्रहरीले २२ किलो चरेससहित मोटरसाइकल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले शनिबार राति २२ किलो एक सय ५० ग्राम लागुऔषध चरेश बरामद गरेको हो।

बेलौरी नगरपालिका–३ बुटाबारीस्थित युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो कट्टामा बाँधेर राखेको अवस्थामा चरेश बरामद भएको थियो।

यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल र चरेश कसले ल्याएका हुन् भन्ने खुलेको छैन।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतबार
ताजा समाचार