प्रतिबन्धित लागुऔषधसहित बाँकेमा ४ जना पक्राउ

सदरलाइन संवाददाता ४ माघ २०७८, मंगलवार १२:५२
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित ४ जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ वर्षीय सुरज थारु, २७ वर्षीय ध्रुव कुमार थारु र ३६ वर्षीय सुन्दर राम थारु रहेका छन् ।

बिरेन्द्र थारुको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भएको सूचनाको आधार प्रहरीले खानतलासी गर्दै ४ जना यूवालाई पक्राउ गरेको जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ७७ जनामा कोरोना पुष्टि

४ माघ २०७८, मंगलवार १२:५२
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ४५ नमुना जाँच गर्दा ७७ जनामा भाइरस संक्रमण देखिएको हो । भेरी अस्पतालमा ७१ नमुना जाँच गर्दा ४१, मेडिकल कलेज कोहलपुरमा ५५ नमुना जाँच गर्दा २८ र बागेश्वरी ल्यावमा १९ […]