पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

सदरलाइन संवाददाता १८ पुष २०७८, आईतवार १३:२१
 

नेपालगञ्ज : मलामी जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

आइतवार बिहान बुटवलबाट गुल्मी जिल्लाको रिडीमा शव लिएर मलामी जाँदै गरेको बस बाटो चिप्लो भएका कारण पाल्पा जिल्लाको लघुवा भन्ने स्थानमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । बसमा ३५ जना बढी मलामी सवार रहेको बताइएको छ ।


शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस सडकबाट ५० मिटर तल खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतक र घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार कोरोना संक्रमण दर शून्य

१८ पुष २०७८, आईतवार १३:२१
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर शून्य भएको छ । आइतवार जिल्लाका तीनवटा प्रयोगशालामा ५६ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना संक्रमण पोजेटिभ नदेखिएपछि संक्रमण दर शून्य भएको हो । भेरी अस्पतालमा १५, मेडिकल कलेज कोहलपुरमा ३२ र बागेश्वरी ल्यावमा ९ जनाको नमुना परीक्षण गर्दा कसैलाई […]