जमुनाहामा एक जना पुरुषको शव भेटियो

सदरलाइन संवाददाता १७ पुष २०७८, शनिबार १३:१७
 

नेपालगञ्ज : नेपालगञ्जको सिमानाका जमुनाहा नजिक एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ७०–७५ बर्षका पुरुषको शव नेपालगञ्ज १५ को वडा कार्यालय नजिक पालभित्र सुतिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर बिष्टले जानकारी दिएका छन् ।

मृतक पुरुष भारतीय नागरिक भएपनि उनको नाम ठेगाना नखुलेको नायब निरीक्षक बिष्टले जानकारी दिए । पहिलादेखि नै सोही स्थानमा बस्दै आएका ती मृतक पुरुषलाई एउटा पाल व्यवस्था गरिदिएपछि उनी वडा कार्यालय नजिक सुत्दै आएका थिए । लामो समयदेखि त्यस स्थानमा बस्दै आएका ती मृतक पुरुषले आफ्नो नाम कसैलाई नभनेको प्रहरी नायब निरीक्षक बिष्टले बताए ।


मृतक पुरुषले बाटोमा पैसा माग्दै हिंड्ने गरेको र मागेको पैसाले रक्सी सेवन गर्ने गरेको स्थानीयहरुले बताएका छन् । धेरै रक्सी सेवन गरेर अत्याधिक चिसोमा बाहिर सुतेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवको मुचुल्का गरेर पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब निरीक्षक बिष्टले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरबाट ब्राउनसुगरसहित ५ जना पक्राउ

१७ पुष २०७८, शनिबार १३:१७
नेपालगञ्ज : दाङको तुलसीपुरबाट लागूऔषध ब्राउनसुगरसहित ५ जना युवायुवती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३ जना युवती छन् भने २ जना युवक छन् । दुई दिनको अवधिमा तुलसीपुर उपमहानगरपालिका ५ (ख) लाईन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दिपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीया […]