ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सदरलाइन संवाददाता १३ पुष २०७८, मंगलवार १५:४५
 

नेपालगञ्ज : कैलालीमा रोकिराखेको ट्याक्टरसँग मोटरसाइलक ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली लम्कीचुहा नगरपालिका ५ तिलकपुर बस्ने बर्ष ४२ का सुरेश बुढा रहेको प्रहरीले जनकारी दिएको छ ।

गोदावरी नगरपालिका ९ बल्मी स्थित सडक छेउमा ढुंगा लोड गरि राखिएको सु.प.प्र ००–०२ त ६०७९ नंको ट्याक्टरसँग मंगलवार विहान करिब ११ बजे सु.प.प्र.०१००८ प ७१२७ न. को मोटरसाइकल ठोक्किएको थियो ।


मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बुढा गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रारा म्याराथनको सद्भावना दुतमा मिरा राई

१३ पुष २०७८, मंगलवार १५:४५
नेपालगञ्ज : किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा […]