२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

सशस्त्र प्रहरीमाथि बलात्कारको आरोपमा थापा पक्राउ



नेपालगञ्ज : सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् ।

बाँकेमा कार्यरत एक जना महिला सशस्त्र प्रहरीले आफूमाथि जबरजस्तिकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएपछि प्रशासकीय अधिकृत थापा पक्राउ परेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

थापालाई रोल्पा प्रहरीले पक्राउ गरेर बाँके प्रहरीलाई बुझाएको हो । थापामाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार
ताजा समाचार