‘बिकिनी किलर’ चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण सर्वाच्चद्वारा मुद्दामा कारण देखाऊ आदेश

सदरलाइन संवाददाता ८ पुष २०७८, बिहीबार १८:०३
 

काठमाडौं : ‘बिकिनी किलर’का रूपमा परिचित अपराधी चार्ल्स गुरुमुख शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बाटोको म्यादबाहेक तीन दिनभित्र कारण दिन आदेश दिएको हो।

शोभराजले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दिएका थिए। उनले आफूलाई उमेरका कारण कैदमुक्त गर्नु पर्ने माग गरेका थिए।

यसअघि शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत् जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर थियो।


शोभराज अहिले ७७ वर्षका भए।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए।

अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।

काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन २००३ देखि उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयबागेश्वरी मावि नेपालगञ्जका विद्यार्थीले आयोजना गरे फुड फेस्टिवल

८ पुष २०७८, बिहीबार १८:०३
नेपालगञ्ज :  नेपालगञ्जको जयबागेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुबीचमा रहेको प्रतिभा प्रस्फुटन गर्नको लागि ‘फुड फेस्टिबल’को आयोजना गरेको छ । विद्यार्थीहरुमा खाना पकाउने सम्बन्धी अभिरुची बढाउने उदेश्यले फुड फेस्टिबलको आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल विद्यामान राजभण्डारीले जानकारी दिए । कक्षा ६ देखि कक्षा १० का विद्यार्थीहरु सहभागि रहेको सो फुड […]

सम्बन्धित