नेपालगञ्जमा साढे १९ हजारले खोपको दोश्रो मात्रा लगाएनन्

सदरलाइन संवाददाता ५ पुष २०७८, सोमबार १५:१९
 

नेपालगञ्ज : नेपालगञ्जमा वीचमै कोरोना विरुद्धको खोप लगाउन छाड्ने गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै १९ हजार ५ सय ७४ जनाले खोपको दोस्रो मात्रा लगाउन नआएको पाइएको हो ।

पहिलोमात्रा खोप लगाएपछि दोस्रोमात्रा लगाउन निश्चित् समय तोकिएको हुन्छ । तर त्योसमय अवधिमा उनीहरु खोपको मात्रा पूरा गर्न नआएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकलपर्सन राजन शाहीले जानकारी दिए ।

उनका अनुुसार अहिलेसम्म बाँकेमा ८५ हजार तीन सय २२ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् ।

प्रतिशतका हिसावले यो लक्षित समूहको ७२ प्रतिशत हो । त्यस्तै खोपको मात्रा पूरा गर्नेको संख्या ६५ हजार सात सय ४८ रहेको छ । यो ५६ प्रतिशत हो । नेपालगन्जमा कोरोना विरुद्धको खोप लगाउने लक्षित १८ वर्षमाथिका एक लाख १७ हजार तीन सय ७७ जना छन् ।


खोप अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले घरमा स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।

सबैलाई खोपको पहुँचमा ल्याउन उपमहानगरपालिकाले खोप लगाएको घरमा हरियो स्टिकर, घरका आधा सदस्यले खोप लगाएको घरमा पहेलो स्टिकर, घरका कुनै सदस्यले खोप नलगाएको घरमा रातो स्किटर टाँस्ने काम भइरहेको छ ।

नगरपालिकाका वडा नम्वर ३, ११, १५ र २१ मा यो अभियान चलिरहेको छ । यी वडामा खोप लगाउनेको संख्या निकै कम पाइएपछि स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेको हो ।

मधेशी र मुस्लिम वाहुल ती वडामा उनीहरुलाई खोपको बारेमा जानकारी गराउने र खोपप्रति प्रेरित गर्ने काम भइरहेको शाहीले बताए । उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–२ मा रहेको शहरी स्वास्थ्य केन्द्रबाट खोप लगाउने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा तीनसय क्विन्टल धान खरीद

५ पुष २०७८, सोमबार १५:१९
नेपालगञ्ज : नेपालगञ्जको खाद्य कम्पनीले अहिलेसम्म करिव तीनसय क्विन्टल धान खरिद गरेको छ । डेढ हप्ताको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय ३० क्विन्टल मोटा धान र एक सय ४७ क्विन्टल मध्यमगरी दुई सय ७७ क्विन्टल धान खरिद गरेको कम्पनीका सूचना अधिकारी अनिल महत्तोले जानकारी दिए । खाद्य […]

सम्बन्धित