सवारी दुर्घटनामा एकै परिवारका तीन जना घाइते

सदरलाइन संवाददाता १ पुष २०७८, बिहीबार १४:२२
 

नेपालगञ्ज : नेपालगञ्जमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।

सुर्खेतरोडस्थित एसआइवी बैंक नजिकै बा १९ च २६९ नम्वरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपालगञ्ज १२ कोरियनपुरका ३६ वर्षीय मुकुन्दराज श्रेष्ठ, उनकी ३४ वर्षीया श्रीमति ममता श्रेष्ठ र ६ वर्षीय छोरा मन्नराज श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


घाइते तीनै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको नारद पुरीले चलाएको कारले विपरीत दिशातर्फ गइरहेको भे ११ प १०६३ नम्वरको मोटरसाइकललाई बुधवार राती साढे ९ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार ४ जनामा कोरोना पुष्टि

१ पुष २०७८, बिहीबार १४:२२
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा १६ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा ३७ र बागेश्वरी […]

सम्बन्धित