नेपालगञ्ज : भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बाट लत्ताकपडा, मोजा, कासको थाल, सुपारीलगायतका सामान बरामद गरेको हो ।
करीब १ लाख २४ हजार मूल्य बराबरको उक्त सामान आवश्यक कारबाहीका लागि आइतवारनै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।