भारतमा वर्षाका कारण आएको बाढीमा परि १५ जनाको मृत्यु

सदरलाइन संवाददाता ४ मंसिर २०७८, शनिबार १६:२२
 

काठमाण्डौ : भारतको आन्ध्र प्रदेशमा दुई दिन देखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गएको छ ।

एक सय भन्दा बढी बाढीमा बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।


वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् । बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् । हराएका एक सय जनामध्ये सबैजसो जीवित भेटिने सम्भावना कम रहेको उद्धारमा सहभागीहरुले बताएका छन् । बेमौसममा परेको ठूलो वर्षाका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ३ संक्रमित थपिए

४ मंसिर २०७८, शनिबार १६:२२
नेपालगञ्ज : बाँकेमा आइतवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ४५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि […]