२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेको नरैनापुरमा बाघले मान्छे खायो



नेपालगञ्ज : बाँकेको नरैनापुरमा बाघले मान्छे खाएको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुर्वाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।

गाई चराउन २५ गते जंगल गएका लखन फर्केर नआएपछि खोजतलास गर्दा शनिवार राती जंगलमा शव फेला परेको बताइएको छ ।

शवको पिठ्यु भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो ।

प्रकाशित मिति : २०७८ कात्तिक २८ गते आइतबार
ताजा समाचार