बाँकेमा ५ संक्रमित थपिए, २ जना डिस्चार्ज

सदरलाइन संवाददाता २६ कार्तिक २०७८, शुक्रबार १२:२५
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा ४ र मेडिकल कलेज कोहलपुरमा २१ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै बागेश्वरी ल्यावमा १३ नमुना परीक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ ।


शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३३ पुगेको छ ।

यस्तै शुक्रवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुसको बट्टामा कोरेक्स ल्याउने शाही प्रहरी नियन्त्रणमा

२६ कार्तिक २०७८, शुक्रबार १२:२५
नेपालगञ्ज : भारतको रुपैडिहाबाट रियल जुसको बट्टामा कोरेक्स लिएर आउदै गरेका एक व्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । रुपैडिहाबाट रियल जुसको दुईवटा बट्टामा २ लिटर कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट बोकेर नेपाल प्रवेश गर्दै गरेका सुर्खेत बिरेन्द्रनगर नगरपालिका वार्डनं.३ बस्ने वर्ष ३० को बबिन शाहीलाई प्रहरीले […]