नेपालगञ्जबाट अवैध सामान बरामद

सदरलाइन संवाददाता २३ कार्तिक २०७८, मंगलवार १३:४९
 

नेपालगञ्ज : भारतबाट भन्सार छलिको साइकल र मोटरसाइकलको विभिन्न पार्टपूर्जा र फलफुल सशस्त्र प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ प्रिपहवा नजिकैबाट पार्टपूर्जा र फलफुल बरामद गरिएको जमुनाहाका सशस्त्र प्रहरी निरीक्षक जिवलाल बुढाले जानकारी दिए ।


सहायक प्रहरी निरीक्षक जनकसिंह बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले १ लाख ३५ हजार मूल्य बराबरको सो सामान बरामद गरेको हो । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घाँटी रेटेको अवस्थामा बालिकाको शव फेला

२३ कार्तिक २०७८, मंगलवार १३:४९
नेपालगञ्ज : लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको […]

सम्बन्धित