२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा पौने दुईलाखको अवैध सामान बरामद



नेपालगञ्ज : भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । अवैधरुपमा भित्र्याइएको लत्ताकपडा, सुर्ती, सुपारीलगायतका सामान प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बरामद गरेको हो ।

करीब १ लाख ८४ हजार मूल्य बराबरको उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २२ गते सोमबार
ताजा समाचार