वीरेन्द्रनगर स्थित खाद्यको गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि

सदरलाइन संवाददाता १४ कार्तिक २०७८, आईतवार १९:३१
 

सुर्खेत : वीरेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा सो चामलमा कुनैपनि कैफियत नरहेको पुष्टि भएको हो ।

काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले गत असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्री-वितरणमा प्रतिबन्ध लगाएको थियो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले प्रादेशिक गोदाममा रहेको एक हजार नौ सय ७५ क्विन्टल बासमती चामल बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल बिक्रीरवितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आइतवारदेखि त्यो चामलको बिक्रीवितरण सुरु भएको जानकारी दिए ।

उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गएको शुक्रवार बिक्री प्रतिबन्ध फुकुवा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१८ गड्डी तास खेल्ने दुई जुवाडे परे प्रहरी नियन्त्रणमा

१४ कार्तिक २०७८, आईतवार १९:३१
खजुरा (बाँके) : बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नं.२ एगाउँ नजिक नर्सरीमा जुवा खेलिरहेका दुई जनालाई ६० हजार ५ सय नगद र १८ गड्डी ताससहित नियन्त्रणमा लिएको छ । जुवा खेली रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहारी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके जानकी गाउँपालिका वडा नं. ३ […]