गाडीको ठक्करबाट बाँकेमा एकको मृत्यु, एक घाइते

सदरलाइन संवाददाता १ कार्तिक २०७८, सोमबार १३:२६
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको गाडीले ठक्कर दिँदा नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मेडिकल कलेजको बा १४ च १३८७ नम्वरको स्कारपियोको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका–१७ का ४२ वर्षीय अर्जमान इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।


ठक्करबाट सोही स्थानका ठक्करबाट साइकल चालक सोही स्थानका २५ वर्षीय सलमान इद्रिसी घाइते भएका छन् । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उक्त स्कारपियो वीपीचोकदेखि भन्सारतर्फ गइरहेको थियो । गणेशमान चोकमा पुग्दा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेज कोहलपुरमा सुत्केरीको मृत्युपछि आफन्तले शव बुझ्न मानेनन

१ कार्तिक २०७८, सोमबार १३:२६
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् । कैलाली, गौरीगंगा–९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर दुई दिनअघि पेटबाट जुम्ल्याहा बच्चा निकालिएको थियो । शल्यक्रियापश्चात सामान्य अवस्थामा रहेकी उनी एक्कासी बेहोस भएकी थिइन् । सामान्य अवस्थाकी सुत्केरी एक्कासी बेहास […]