मोटरसाइकलको ठक्करबाट एक जना घाइते

सदरलाइन संवाददाता १३ आश्विन २०७८, बुधबार १२:४७
 

नेपालगञ्ज : मोटरसाइकलको ठक्करबाट नेपालगञ्जमा एक जना पुरुष घाइते भएका छन् । मंगलवार राती साढे ९ बजे तिर नेपालगञ्ज वडा नम्बर १० को कार्यालय अगाडी तीब्र गतिमा आएको भे १० प ५९६६ नम्बरको मोटरसाइकल पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट नेपालगञ्ज १० आदर्शनगर बस्दै आएका लम्कीचुहा ४ कैलालीका अन्दाजी ५५ बर्षका पुरुष नारायण जोशी घाइते भएका हुन् । घाइतेको जोशीको टाउकोमा चोट लागेको छ ।


गणेशमान चोकदेखि ट्राफिक चोक तिर जाँदै गरेको उक्त मोटरसाइकलले बाटोको आफ्नै साइडमा हिडिरहेका जोशीलाई ठक्कर दिई फरार हुन खोजेको मोटरसाइकललाई लिएको स्थानीयहरुले बताएका छन् ।

अहिले उनको नेपालगन्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी बाँकेले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिता शुरु

१३ आश्विन २०७८, बुधबार १२:४७
बैजनाथ (बाँके) : नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथको आयोजनामा व्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिएको छ । विजया दशमी २०७८ को उपलक्ष्यमा भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथले पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा आज व्याटमिन्टन प्रतियोगता उदघाटन गरिएको छ […]