नेपालगन्ज : बाँके प्रहरीले १ लाख ४ हजार ८ सय रुपैया बराबरको अबैध भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार नेपालगन्ज उप–महानगरपालिका–१० बाट सो सामाग्रीहरु बरामद गरेको हो ।
बरामद गरिएका सामानहरुमा लत्ता कपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोहरा लगायतका विभिन्न सामानहरु रहेको बाँके प्रहरीले जनाएको छ । बरामद गरीएको सो सामानहरु आवश्यक प्रक्रिया पुरा गरि थप कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।