तीज कार्यक्रममा झडप हुँदा ७ जना घाइते

सदरलाइन संवाददाता २७ भाद्र २०७८, आईतवार १५:५७
 

कञ्चनपुर : कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताए । उनका अनुसार कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई गम्भीर घाइते भएका छन् ।


टाउकोमा चोट लागेका उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको छ । कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । घटनामा संलग्न ८–१० जना फरार रहेकाले खोजी कार्य भइरहेको उनको भनाइ छ । तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप भएको बुझिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘चाचाजी’को ९३ औ जन्मदिवश नेपालगञ्मा मनाईयो

२७ भाद्र २०७८, आईतवार १५:५७
नेपालगञ्ज  :  प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नलाल गुप्ता ‘चाचाजी’को ९३ औ जन्मदिवश नेपालगञ्मा मनाईएको छ । नेपाल पत्रकार महासंघ बाँकेले बिहान आफ्नै कार्यालयमा र प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानले छुट्टै कार्यक्रमको आयोजना गरि ‘चाचाजी’को ९३ औं जन्मजयन्ती मनाइएको हो । प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बाल्ने वक्ताहरुले ‘चाचाजी’ व्यक्ति […]