लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ

सदरलाइन संवाददाता २३ भाद्र २०७८, बुधबार १६:१४
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा चेकपोष्टबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २२ वर्षका सौगात पुन, २१ वर्षका प्रविण विक र बाँके कोहलपुर नगरपालिका–१५ का २८ वर्षीय रामदेव थारुलाई रुपइडिहाबाट लागु औषध ल्याएर आउँदै गरेको अवस्थामा जमुनाह चेकपोष्टमा प्रहरीले पक्राउ गरेको हो ।


पुन र विकको साथबाट ३ दशमलव ४ ग्राम ब्राउन सुगर, १८ ट्याब्लेट ट्रामाडोन तथा थारुको साथबाट ४ दशमलव ५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउपालिकाले विद्यालय शिक्षालाई नमूना बनाउदै

२३ भाद्र २०७८, बुधबार १६:१४
नेपालगञ्ज  :  बाँकेको खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउपालिकाले विद्यालय स्तरको शिक्षालाई नमूना बनाउने गरि विभिन्न योजना अघि सार्दै आएको बताएका छन् । गाउँपालिकामा ५५ औं अन्तराष्ट्रिय साक्षरता दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकालाई शिक्षालाई प्रथामिकतामा राखेर समयको माग अनुसारको शिक्षण पद्धतीलाई अबलम्बन गर्न सुरु गरेको दाबी […]