२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा राप्ती नदी र मान नदीले बगाउदा दुई बेपत्ता




नेपालगञ्ज :  बाँकेमा बुधबार बिहान मलामी गएका एक व्यक्ति राप्ती नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्ज–१० भृकुटी नगरका सरोज चन्द मलामी गएको बेलामा राप्ती नदीको सिद्धनियाँ घाटको राप्तीपुल नजिकै नदिमा डुबेर बेपत्ता भएका हुन् ।

स्थानीयको मलामी गएका चन्द बुधबार बिहान साढे ११ बजे नदीमा डुबेका थिए । उनको खोजी भई रहेको प्रहरीले जनाएको छ । नदीमा धमिलो पानी हुनुको साथै पानीको बहाव पनि तेज भएको कारण खोजीमा समस्या भएको छ ।

यसैगरी बुधबार बिहानै बाँके बर्दियाको सिमा क्षेत्रमा रहेको मान नदीले बगाउदा बाँकेको खजुरा गाउपालिका–७ का ५५ वर्षिय विक्रम राई बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान नदीले बगाएको हो । उनको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २३ गते बुधबार
ताजा समाचार