नौग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दुई नियन्त्रणमा

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १३:४६
 


नेपालगञ्ज  : बाँके प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा–५ बाट ९ ग्राम ५ सय मिलिग्राम लागु औषध ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

लागु औषध ब्राउनसुगरको कारोबार भैरहेको भन्ने सुचनाका आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको टोलीले सोमबार सांझ सवा ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।


प्रहरीले नेपालगन्ज उप–महानगरपालिका वडा–७ निवासी २२ बर्षिय आवेश जोलाह र वडा–४ निवासी मोहनलाल कहारका साथबाट ९ ग्राम ५ सय मिलिग्राम लागु औषध ब्राउनसुगर सहित नगद १९ हजार नेपाली रुपैयाँ र ६ हजार ६ सय भारतीय रुपैंया बरामद गरेको छ ।

प्रक्रउ परेका दुबैलाई थप अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाईएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालले पायो १ सय ३५ रनको लक्ष्य

२२ भाद्र २०७८, मंगलवार १३:४६
काठमाण्डौ : पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले एक सय ३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए […]