सडक हिलाम्य हुँदा आवतजावतमा समस्या

सदरलाइन संवाददाता २१ भाद्र २०७८, सोमबार १६:३४
 
फाइल तस्बिर

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत् मानपुर खण्डमा पानी जमेर हिलाम्मे हुँदा साना सवारीसाधन र नागरिकलाई आवतजावतमा कठिनाई भएको छ ।

जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ । स्थानीय नसिब खानले हिलाम्मे सडकमा साना सवारी साधन दैनिकरुपमा दुर्घटना भइरहेको बताए । समस्या समाधानका लागि स्थानीय सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत कुनै पहल नभएको उनको भनाइ छ ।


जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले तत्काल आवत्जावत् सहज बनाउनका लागि ग्राभेल हालेको र सडक बिभागसँंग दुबै साइडमा पानी निकासका लागि सानो नाली बनाउने पहल भइरहेकोे बताइन् ।

पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेको हो । निरन्तरको बर्षाका कारण उक्त खण्डको ३० मिटर सडक पानीले डुवेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा सरकारी कामकाजका लागि थारु र अवधी

२१ भाद्र २०७८, सोमबार १६:३४
काठमाण्डौ : संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्त्वपूर्ण कार्यभार रहेको यस सिफारिससहितको प्रतिवेदन आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले हस्तान्तरण गरे । नेपालको संविधानको धारा २८७ मा भएको […]