२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

चारकिलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुईजना नियन्त्रणमा




नेपालगञ्ज :  श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट बाँके प्रहरीले चार किलो सुन बरामद गरेको छ ।

नेपालगञ्ज विमानस्थलबाट झापा बिर्तामोड–८ का २६ वर्षिय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग नगरपािलका घर भएका २६ वर्षिय बुद्धीमान खातीलार्ई ४ किलो सुन सहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।

श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट नेपालगञ्ज आएका दुई जना पेसेन्जरको साथबाट सुनजस्तो देखिने ४ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सहित पुगेर घटनाको अनुसंन्धान सुरु गरेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १८ गते शुक्रबार
ताजा समाचार