दाङ्गमा मलामीको नुहाउने क्रममा डुबेर मृत्यु

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १३:३०
 


दाङ्ग :  दाङ्गमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडानं. १ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

 देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकेस्थित निर्माणाधीन बबई पुल  नजिकबाट  बगाएको  र  पाँच  सय मिटर दक्षिणको  बैबाङमा  शव फेला परेको डिएसपी अर्यालले जानकारी दिए । गाउँकै एक जना मानिसको मृत्यु पछि गाउँलेहरू मलामी गएका बेला देवकोटा नुहाउन बबईमा पसेपछि बाढीले बगाएको डिएसपी अर्यालले जानकारी दिए ।


मलामी गएका मानिसहरू घर फर्किने क्रममा परम्परा अनुसार नुहाउने प्रचलन छ । नुहाउने क्रममा बाढीमा बगेका उनको स्थानीयले शव निकालेका थिए । देवकोटा दंगिशरण १ बाँकीका ९० वर्षीय दिलबहादुर रानाको मृत्यु भएपछि गाउँले सँगै मलामी गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लगातारको वर्षातले नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न

११ भाद्र २०७८, शुक्रबार १३:३०
नेपालगञ्ज : बिहीवार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँ, रानीतलाउलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए […]