बर्दिया प्रहरीद्वारा लाखौको केराउ नियन्त्रण

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १८:०४
 


बर्दिया  : जिल्ला प्रहरी कार्यालय बर्दियाले लाखौ मूल्य बराबरको केराउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारत लैजान लागेको अवस्थामा राखिएको गुलरिया नगरपालिका वडा नम्बर–१० स्थित विनोद बर्माको मिल अगाडि खाली जमिनमा केराउको बोराहरु साइकलमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको बताए ।


प्रहरीले बरामद गरेको केराउ १ सय ६८ क्विन्टल ७५ किलो र ८ वटा साईकाल रहेको छ । जसको बजार मूल्य करिब १६ लाख ९ हजार ५ सय रुपैयाँ रहेकोे प्रहरी उपरीक्षक कार्कीले बताए । उनले केराउ कसको हो भन्ने विषयमा अनुसन्धान भैरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार छलेको खसी र विद्युतिय सामाग्री बरामद गरी भन्सार पठाईयो

३ भाद्र २०७८, बिहीबार १८:०४
नेपालगञ्ज  : बाँके प्रहरीले भारतबाट अबैध तरिकाले भित्र्याईएको खसी र विद्युतिय सामाग्री नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार पठाएको जनाएको छ । बाँके प्रहरीले भदौ २ गते राती ११ बजे ईप्रका धनौलीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके खजुरा–८ चमकदारपुरबाट बाँके कोहलपुर–१४ का वर्ष २० को दिपक रानाले चलाएको भे १ […]