२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

पौडी खेल्ने क्रममा बाँकेमा एक युवकको मृत्यु



नेपालगञ्ज : बाँकेमा पौडी खेल्ने क्रममा एक जना युवकको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका डलैपुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा सोही गाउँपालिका ५ कम्दीका १७ बर्षीय मैथु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

आइतबार दिउँसो पाँच जना साथीहरुसंगै पौडी खेल्न गएका नेपाली खोलामा बेपत्ता भएका थिए । खोजतलासका क्रममा नेपालीको शब मिलन चोक नजिक खोलामा मंगलवार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १ गते मंगलबार
ताजा समाचार