२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

लागुऔषधसहित बाँकेका दुईजना काठमाण्डौमा पक्राउ



नेपालगञ्ज : लागुऔषध खैरो हिरोइनसहित बाँकेका दुई जना युवालाई प्रहरीले शनिवार काठमाण्डौबाट पक्राउ गरेको छ । नेपालगञ्जका सुवास बराल र नरैनापुरका मोविन जोलाहालाई धारापाटिबाट बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागुऔषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिबार
ताजा समाचार