२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

जुनिचाँदेका वडाध्यक्ष नेपाली पक्राउ



जाजरकोट : जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेका वडाध्यक्ष नेपालीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आजै सदरमुकाम ल्याइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

सर्पेलाई बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो। नेपालीले यो भन्दा अघि जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक यज्ञश्वार बस्नेतलाई पनि कुटपिट गरेका थिए । सो मुद्दासमेत टुंगिएको छैन ।

त्यो भन्दा अघि स्थानीय युवाहरूसँग विवाद हुँदा नेपाली घाइते भएका थिए ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहीबार
ताजा समाचार