बर्दिया प्रहरीले भन्सार छलेको अबैध सामान नियन्त्रणमा लिएर भन्सार बुझायो

सदरलाइन संवाददाता २० श्रावण २०७८, बुधबार १७:३३
 


बर्दिया  : बर्दिया प्रहरीले अबैध रुपमा भन्सार छलेर भित्र्याइएको करिव सवा लाख बराबरको सामानसहित २ जाना महिला, ४ साईकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–७ पुरानो कण्ठपुर नजिकैबाट ३ जना महिलाहरुले ३ वटा साईकलमा अन्दाजी मुल्य ८१ हजार ४ सय ८० मुल्य बराबरको बिभिन्न किराना, सुर्तिजन्य तथा बिद्युतीय सामाग्रीहरु ल्याईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बर्दिया प्रहरीका सूचना अधिकारी हेमबहादुर शाहीले दिएको जानकारी अनुसार प्रहरी चौकी कालिकाबाट खटिएको गस्ती टोलीलाई देख्ने बित्तिकै भारतबाट भन्सार छलेर ल्याउदै गरेको सामान छाडेर १ जना महिला साईकल र सामान छोडी भारततर्फ भागेको र बाँसगढी नगरपालिका–६ की शारदा थारु र दिपा थारुसहित साईकल र सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ ।


ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको प्रहरी टोलीले मधुबन नगरपालिका–५ गाउँनं. ११ मा रहेको खानेपानी भवनको कम्पाउण्डमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अबस्थामा राखिएका अन्दाजी मुल्य रू.१८ हजार १ सय ४५ मुल्य बराबरको चिनी तथा किराना सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटेको प्रहरी गस्तीले गुलरिया नगरपालिका– ६ शान्तिटोलको सडक छेउमा भारतबाट भन्सार छली साईकलमा लोड गरी ल्याई बेवारिसे अवस्थामा छोडेको अन्दाजी मुल्य रू.१४ हजार १ साय २० बराबरको हार्डवेयर सामान फेला पारी साईकलसहित सो सामानहरु बरामद गरी आबश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमी आयोग खारेजीप्रति एमालेको कडा आपत्ति, सरकार जनताको पक्षमा नरहेको प्रमाणित भएको ठोकुवा

२० श्रावण २०७८, बुधबार १७:३३
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज बिज्ञप्ती जारी गरी पुर्जा बितरणको अवस्थामा रहेको बेला आयोग खारेजको निर्णय भएको भन्दै कडा आपत्ति जनाएका छन् । ‘यस अवधिमा २,४७,९६० दलित र सुकुम्बासीहरु तथा ९,२२,८०१ […]

सम्बन्धित