२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

स्मैकसहित रुपइडिहामा एक जना पक्राउ



नेपालगञ्ज : सीमावर्ती भारतीय बजार रुपइडिहामा प्रतिबन्धित लागुऔषध स्मेकसहित एकजना पक्राउ परेका छन् । रुपइडिहा घसियारन टोलका अन्दाजी २५ वर्षीय मोहम्मद अनिश पक्राउ परेको रुपइडिहा थानाका प्रमुख अभय सिंहले जानकारी दिए ।

शंकास्पद गतिविधि देखिएपछि अनिशलाई एसएसवीले खानतलासी गरेको थियो । त्यसक्रममा अनिशको साथबाट १ सय ३४ ग्राम स्मेक बरामद भएको हो । उक्त स्मेकको भारतीय मूल्य १ करोड ४३ लाख पर्ने थाना प्रमुख सिंहले बताए ।

एसएसबी र रुपइडिहा प्रहरीको संयुक्त प्रयासबाट पक्राउ परेका अनिशलाई जिल्ला कारागार बहराइच चलान गरिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मंगलबार
ताजा समाचार