माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था अव धम्बोझीमा

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १६:१२
 

नेपालगञ्ज : माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगञ्जको धम्बोझीमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था धम्वोजीमा सरेको हो । धम्बोझीमा सरेको संस्थाको एक कार्यक्रमकाबीच उदघाटन गरिएको छ ।

सञ्चालक समितिका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षता एंव नेफस्कुनका केन्द्रीय महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम भएको हो ।

कुरैसीले ९१ लाख ५१ हजारको चेक जम्मा गरी कारोवार शुरु गरेका छन् । २०६८ सालमा स्थापना भएको सो सहकारीमा ५ हजार २७ शेयरधनी रहेका छन् । संस्थाले ३३ करोड २८ लाख ९० हजार ५ सय ३४ रुपैयाँको कारोवार गरेको छ ।


संस्थाले ९२ लाख १८ हजार २ सय ५ रुपैयाँ आम्दानी गर्न सफल रहेको सहकारीका प्रबन्धक अम्बिका काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, राष्ट्रिय सहकारी बैंकका संचालक विजया धिताल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सरी चुन्ना, बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश ज्ञवाली, सहकारी शाखा नेपालगञ्जका प्रमुख प्रवीण कुमार राना, जसपाका अध्यक्ष कमरुद्दिन राईलगायतले शुभकामना दिएका थिए ।

सहकारीले कोभिड महामारीमा राहात, पीपीई, मास्क, सेनिटाइजरलगायतका सामाजिक उतरदायित्वको काम समेत गरेको सचिव बदरुद्दुजा खाँले बताए । उनका अनुसार संक्रमणको जोखिममा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार बाँकेमा ३१ जनामा कोरोना संक्रमण पुष्टि

११ श्रावण २०७८, सोमबार १६:१२
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३६० नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालको प्रयोगशालामा २५५ नमुना परीक्षण गर्दा २१, मेडिकल कलेज कोहलपुरमा ६७ नमुना परीक्षण गर्दा १० जनामा […]