बर्दियामा डुबेर दाजुबहिनीसहित तीनजना बेपत्ता

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार १७:५७
 

बर्दिया : बर्दियामा नदी तथा खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई दाजुबहिनी र एक युवक छन् ।

प्रहरीका अनुसार गेरुवा गाउँपालिका–६ का १४ वर्षीय सञ्जीव विक र उनकी आठ वर्षीया बहिनी दिलमाया छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनीहरु कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा बेपत्ता भएको बताए ।


उनीहरु शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए । अर्का बेपत्ता हुनेमा राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी छन् ।

बेपत्ता तीनै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागे पनि फेला नपरेको कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहर्रमको तयारीका लागि केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको बैठक

९ श्रावण २०७८, शनिबार १७:५७
नेपालगञ्ज :  मुस्लिम समुदायको आउन लागेको महान पर्व मोहर्रम पर्व तथा कर्बला व्यवस्थापनका विषयमा केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको नेपालगन्जमा शनिबार बैठक बसेर छलफल गरेको छ । कोरोना संक्रमणको महामारीका कारण लगातार दुई वर्षदेखि पर्व समेत खुलेर मनाउन नसकेको हुँदा वातावरण अनुकुल भए यस वर्ष भने धुमधामका साथ […]